site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाले चार्टर्ड विमानबाट फर्काएका ९ नेपालीमाथि अनुसन्धान गर्दै प्रहरी
फाइल तस्बिर ।

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर नेपाल फर्काइएका ९ जनाबारे प्रहरीले अनुसन्धान थालेको छ । अमेरिकाबाट चार्टर्ड विमानमार्फत उनीहरूलाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओरालिएको थियो ।

उनीहरूलाई अध्यागमन कार्यालयले प्रहरीलाई बुझाएसँगै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान थालेको हो ।

प्रहरीले डिपोर्ट भएकाहरूबाट मानव तस्करी भए/नभएको विषयमा नयाँ तथ्य खुल्न सक्ने जनाएको छ । ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुवँरले उनीहरूविरुद्ध अन्य कसैको उजुरी रहेको/नरहेको पुष्टि गरेर छाडिने बताए ।

अमेरिका बस्न कुनै वैध कागजात नभएपछि अमेरिकाले उनीहरूलाई फिर्ता गरेको ब्युरोले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro