site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक अर्ब ८७ करोड बराबरको क्रिप्टोको कारोबार गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । क्रिप्टो करेन्सी कारोबारमा संलग्न एकजना पक्राउ परेका छन् । धादिङ खनियाबास ४ का रोशन गुरुङलाई टोखाबाट प्रहरीले पक्राउ गरेको हो ।  

उनले आफ्नो साथबाट १४ लाख रुपैयाँ पनि लुटेर लगेको बताएपछि अनुसन्धान गर्दै जाँदा अन्य ६ जना पनि चोरीको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सशस्त्र प्रहरीमा कार्यरत एक र नेपाल प्रहरीमा कार्यरत दुईजना पनि छन् । प्रहरीको परिचयपत्र र हतकडी देखाएर १४ लाख रुपैयाँ लुटेको गुरुङले बताएपछि तीनजना प्रहरीसहित ६ जना पक्राउ परेका हुन् । 

गुरुङले एक अर्ब ८७ करोड रुपैयाँ बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको देखिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । 

उनलाई अभौतिक मुद्रा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रियाअगाडि बढाइएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा राजेन्द्र बहादुर केसी, खगेन्द्र मल्ल ठकुरी, हिरा मंग्राती, कपिल बस्नेत, संजोक तामाङ र मनिस कुमार राय छन् । केसी, ठकुरी र मंग्राती प्रहरी हुन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  ०७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro