देश
-1722587378.jpg)
काठमाडौं । देशभर आज सामान्यतया मौसम सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मूख्यतया सफा छ ।
दिउँसो कोसी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ ।
हिमाल, पहाड र तराई सबै क्षेत्रमा मौसम सफा रहने विभागको पूर्वानुमान छ ।
विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१ ०६:०२
प्रतिक्रिया दिनुहोस्