site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्चिममा बिहानैदेखि वर्षा, दिउँसो कहाँ–कहाँ पर्नेछ पानी ?
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । धेरै भूभागमा भने मौसम बदलीदेखि सामान्यतया सफा रहनेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । 

लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

“काठमाडौंमा आज मौसम बदली हुनेछ । बदली भए पनि वर्षाको सम्भावना भने छैन,” मौसमविद् प्रतिभा मानन्धरले भनिन्, “एउटा प्रणाली त छ, तर वर्षा गराउने खालको छैन ।” 

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ०६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro