site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
समाजलाई बदल्न विद्रोह जरूरी : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाजलाई बदल्न विद्रोह जरूरी रहेको बताएका छन् । सोमबार काठमाडौंमा ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ नाम पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अनुशासित विद्रोहको प्रतिनिधि पात्र प्रधानमन्त्री केपी शर्मा ओली भएको उल्लेख गरे । प्रधानमन्त्री ओली आन्दोलनभित्र फरक मत लिएर लामो समय रहेको भए पनि पार्टीका सीमाहरूलाई कहिल्यै उल्लंघन नगरेको पात्राका रूपमा चित्रण गरे । सीमामा रहेर अघि बढ्यो भने उपलब्धि हासिल हुनसक्ने कुरा उनको जीवनीबाट लिन सकिने बताए ।

उनले प्रधानमन्त्री ओलीमाथि किन घेराबन्दी भइरहेको छ भन्नेकुराको विमर्श गर्न जरुरी रहेको बताए । नेपाली समाजमा सबैभन्दा बढी खोजिने पात्र प्रधानमन्त्री ओली रहेको पनि उल्लेख गरे ।

"समाजलाई बदल्नु छ भने विद्रोह त गर्नैपर्छ । तर अनुशासित विद्रोहको प्रतिनिधि पात्र हो भन्ने म ठान्दछु । लामो समय उहाँ आन्दोलनभित्र फरक मतमा रहनुभयो तर पार्टीका सीमाहरूलाई कहिल्यै उल्लंघन गर्नुभएन । त्यही भएर उहाँ अहिले पार्टीको शीर्ष स्थानमा हुनुहुन्छ । दिशा बदल्न चाहनेहरू, विद्रोह गर्न चाहनेहरूले सिक्नैपर्ने पाठ भनेको उल्लंघन गर्नुहुँदैन । सीमामा रहेर अघि बढ्यो भने उपलब्धि हासिल हुनसक्छ । सीमालाई उल्लंघन गर्नेहरू असफल भएर जान्छन् भन्नेकुरा केपी ओलीको जीवन संघर्षबाट सिक्नुपर्ने पाठ हो," उनले भने ।

महासचिव पोखरेलले प्रधानमन्त्री ओली नपढेको मान्छे नभइ पढ्न नपाएको मान्छे भएको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro