site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हलमा रहेका तीन नेपाली चलचित्र कसरी चलिरहेका छन् ? 
‘लाज शरणम्’ (१२ बजे), ‘फेरि रेशम फिलिली’ (६ः१५) र ‘मायावी’ (३ बजे)को सिभिल महलमा देखिएको अग्रिम टिकट बुकिङ । 

काठमाडौं । तीनवटा नेपाली चलचित्र बुधबारबाट एकै दिन रिलिजमा आएका थिए । ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ एकै दिन रिलिजमा आएका थिए । 

तीनवटै चलचित्र अहिले प्रदर्शनरत छन् । पहिलो दिन दर्शकको राम्रै चाप देखिएको चलचित्रमा अहिले खासै दर्शक देखिएका छैनन् । 

पाएका शो पनि खाली छन् । अग्रिम टिकट बुकिङ निकै न्यून छ । कतिपय शो मा अग्रिम बुकिङ शून्य छ । 

आज बिहान ११ : २५ बजेपछि सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका काठमाडौंका आउटलेटमा सबैभन्दा धेरै शो ‘लाज शरणम्’ले पाएको छ । यसले २० शो पाएको छ । 

सोही अवधीमा ‘फेरि रेशम फिलिली’लाई नौ र ‘मायावी’ले ८ शो पाएको छ । 

‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका छन् । यसमा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराललगायत कलाकार मुख्य भूमिकामा छन् । 

‘फेरि रेशम फिलिली’लाई निरोज महर्जनले निर्देशन गरेका छन् । यसमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, महेश त्रिपाठी, नीर शाहलगायत कलाकारको अभिनय छ । 

‘मायावी’लाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । दीपिका प्रसाइँ र पल शाह यो चलचित्रको मुख्य भूमिकामा छन् । 

यी तीनवटा चलचित्रमध्ये ‘लाज शरणम्’ले मात्रै पहिलो दिनको ग्रसकलेक्सन रिपोर्ट सार्वजनिक गरेको थियो । निर्माणपक्षका अनुसार यो चलचित्रले एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । अरूले सार्वजनिक गरेका छैनन् । तुलनात्मक रुपमा ‘लाज शरण्म’ बलियो देखिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro