कला
आउटडोर/इनडोर स्टुडियो निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन

काठमाडौं । सरकारले चलचित्रको छायांकनका लागि आउटडोर तथा इनडोर स्टुडियो निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ ।
अगामी आर्थिक वर्षको बजेट बिहीबार सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले इनडोर तथा आउटडोर स्टुडियो निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने बताए ।
“नेपालको कला, संस्कृति, सभ्यता र भौगोलिक विविधता झल्किने गरी स्वदेशी तथा विदेशी चलचित्र छायांकन गर्न इनडोर तथा आउटडोर स्टुडियो निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ,” मन्त्री पौडेलले भने ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १७:४८
प्रतिक्रिया दिनुहोस्