site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लाल मोहम्मदमाथि गोली हान्ने गुड्डुलाई गोली हानेरै प्रहरीले लियो नियन्त्रणमा 

काठमाडौं । २०७९ असोजको पहिलो साता गोली हानी हत्या गरिएका लाल मोहम्मदमाथि गोली चलाउने गुड्डु पासवानलाई आइतबार प्रहरीले काठमाडौंमा गोली हानेर नियन्त्रणमा लिएको छ ।

काठमाडौंको मनोहरा नगरपालिकास्थित गोठाटारमा मोहम्मदको गोली हानी हत्या गरिएको थियो । त्यसबेला उनीमाथि गोली हानेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा २१ वर्षीय महोरम मियाँ, १९ वर्षीय रेहान मियाँ र २१ वर्षीया सुमी स्याङताङ रहेका थिए ।

मोहम्मदको हत्या किन भएको थियो भन्ने बारेमा प्रहरीले त्यसबेलादेखि नै अनुसन्धान जारी राखेको थियो । प्रहरीले मोहम्मदलाई गोली हान्ने व्यक्ति गुड्डु पटेल भएको भन्दै खोजी जारी राखेको थियो । उनै पटेललाई आइतबार गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

काठमाडौंको टोखाबाट झोर जाने बाटोमा गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गोली चलाएर उनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दियो ।
 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro