site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक : के के भयो निर्णय ?
फाइल तस्बिर ।

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले भूमिसम्बन्धी अध्यादेशबारे पुनः जनता समाजवादी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग छलफल गर्ने निर्णय गरेको छ ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले फागुन २१ वा २२ गतेको संसद् बैठकमा भूमिसहित ६ वटै अध्यादेश स्वीकृतिका लागि पेस गर्ने गरी सत्ता साझेदार दलहरूसँग छलफल गर्ने निर्णय गरेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

"सरकारले जारी गरेका अध्यादेशबारे सत्ता साझेदार दलहरूको बैठक पुनः एकपटक बस्ने निर्णय भएको छ । त्यसको निष्कर्षको आधारमा हामीले फागुन २१ वा २२ गतेको बैठकमा स्वीकृतिका लागि पेस गर्ने तयारी गरेका छौँ,"बर्तौलाले भने ।

बैठकले संविधान कार्यान्वयनसँग जोडिएका विधेयकहरू अघि बढाउने पनि निर्णय गरेको छ ।

संसदमा विचाराधीन विधेयकहरूको अवस्थाबारे पनि बैठकमा छलफल भएको थियो । ती विधेयकलाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन मुख्य सचेतकहरूलाई समन्वयको जिम्मा दिइएको पनि उनले बताए ।

 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  २२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro