site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘निजी शिक्षामा प्रधानमन्त्रीकै लगानी छ, त्यसैले आयोगको प्रतिवेदन थन्कियो’

काठमाडौं । शिक्षाविद् डा. विद्यानाथ कोइरालाले विश्वविद्यालयहरूमा जिउँदो मानिस नभएको बताएका छन् । नेपाल पर्यटन बोर्डमा जारी काठमाडौं उत्सवको पहिलो दिन पत्रकार विमल आचार्यको प्रश्नमा उनले यस्तो बताएका हुन् । 

शिक्षक–प्राध्यापकमा सिर्जनशीलको चरम अभाव रहेको आरोप लगाउँदै उनले उनीहरूमा सामान्य सुधार पनि गर्न नचाहने खालि निहुँ खोजिरहने प्रवृत्ति रहेको बताए । 

अर्को एक प्रश्नमा कोइरालाले भने, ‘शिक्षा आयोगको प्रतिवेदन अहिलेका प्रधानमन्त्रीले थन्क्याइदिनुभएको छ। किनकि निजी शिक्षामा उहाँहरूकै लगानी छ।’

‘‘खासमा यस्तो विकृति हुँदा पनि कोही नबोल्ने भनेपछि जिउँदो कसरी भयौँ त ?’’ उनले अगाडि भने, ‘‘हामी बुद्धिजीवी हुनुपर्ने, बुद्धुजीवी भयौँ ।’’

अर्की वक्ता रजनी ढकालले त्रिभुवन विश्वविद्यालयमा पाठ्यक्रममा व्यापक कमजोरी भए पनि आफूहरू सुधार गर्न सक्ने गरी पदमा नभएको स्वीकार गरेकी छन्। ढकालले भनिन्, ‘एकै शिक्षकको ५६ वटा सन्दर्भ सामग्री राख्ने गरी पाठ्यक्रम बनाइएको छ।’
 
विश्वविद्यालयको काम कोर्स होइन, डिस्कोर्स हो भन्दै शिक्षाविद् कोइरालाले भने, ‘‘तर हाम्रो विश्वविद्यालयले परीक्षामा पास हुन मात्र सिकाउँछ, ज्ञान विज्ञान र चेतना के हो भन्ने कुरा गहिराइमा बुझ्ने हिसाबले सिकाउँदैन ।’’
 
कार्यक्रमको सुरुवातमै सहजकर्ता विमल आचार्यले तपाईंहरूको विश्वविद्यालयको खबर के छ भनेर सोधेका थिए । विद्यानाथले काठमाडौं विश्वविद्यालमा अलमल भएको बताए भने रजनीले त्रिविमा विद्यार्थी अभाव रहेको बताइन् । उनले भनिन्, ‘‘हामी १५, २० जनालाई पढाउन बाध्य छौँ।’’

डा. विद्यानाथ कोइरालाले पाठ्यक्रम विकास केन्द्रमा हाम्रो पूर्खाको ज्ञानलाई जोडौँ भन्दा त्यो प्रमाणित होइन भन्ने कुरा आउने गरेको भन्दै प्रमाणित र प्रमाणित हुन बाँकी भनेर वर्गीकरण गर्न  सकिने सुझाए । 

आज बिहानै गएको भुइँचालोमा को–को उठ्नुभयो भन्ने प्रश्न सोधेर सहजकर्ताले दर्शकदीर्घामा प्रश्न सोधेका थिए। कमैले मात्र हात उठाएपछि उनले सोधे, ‘‘ज्ञान र विवेकमा खराबीको भुइँचालो र परकम्प गएकोगयै छ, तर हामी ह्या यस्तै हो भनेर मस्त सुतिरहेका छौँ !’’

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro