site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यो सरकार देशका निम्ति घाँडो भएको छ, उपेन्द्रजीलाई धन्यवाद : माधव नेपाल  

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भूमिसम्बन्धी अध्यादेश सरकारले फिर्ता लिनुपर्ने बताएका छन् ।जसपा नेपालले काठमाडौंमा आयोजना गरेको भूमिसम्बन्धी अध्यादेशबारे अन्तरक्रिया कार्यक्रममा उनले नैतिक जिम्मेवारी लिँदै फिर्ता लिनुपर्ने बताएका हुन् । 

नेपालले भ्रष्टाचारीलाई प्रोत्साहन गर्नका लागि मिलेमतोमा यो अध्यादेश ल्याइएको दाबी गरे । “हाम्रो देशको वन र जमिन बर्बाद पार्नका लागि, बिचौलिया र भ्रष्टाचारीलाई प्रोत्साहन दिनका लागि उनीहरूसँगको मिलेमतोबाट मनपरी गर्नका लागिबाहेक अरू कुनै राम्रो नियत देखिँदैन,” उनले भने ।
 
उनले कसलाई जग्गा कसरी दिने भन्नेबारे छलफल गरेर नीति बनाउनुपर्ने बताए । नेपालले भूमिसम्बन्धी अध्यादेशबारे दोधारे नीति नलिन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आग्रह गरे । “तपाईंहरू (उपेन्द्र यादव) पनि दोधारे तरिका नअपनाउनुस् । यो सरकारबाट केही हुनेवाला छैन । समर्थन गर्छु भन्ने कुराहरू राखेर फेरि अलमलमा नपर्नुस्,” उनले भने ।
 
सरकार देशका निम्ति घाँडो भएको टिप्पणी गरे । “यो सरकार देशका निम्ति घाँडो भएको छ । कुनै हालतमा प्रगति गर्न सक्दैन । कुनै पनि सकारात्मक लक्षण देखाएको छैन । यो सरकार देशका निमित्त ठूलो समस्या बनिरहेको छ,” उनले भने ।
 
उनले अध्यादेश त्यसैको निरन्तरता भएको बताए । प्रतिनिधिसभामा दुईतिहाइ भएको सरकारले राष्ट्रिय सभामा फकाउँला भन्ने सोचेर ल्याएको बताए । तर, नफकिएकोमा यादवलाई धन्यवाद पनि दिए । 

“राष्ट्रिय सभामा फकाइहालौँला, उपेन्द्र यादवजी पनि फकिनुहुन्छ कि भन्ने ठानेका होलान् । तर, फकिनुभएन, धन्यवाद छ,” नेपालले भने । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सँगै स्वर्ग जाने भन्दा नर्क पुगिएला भन्दै नेपालले कटाक्ष समेत गरे ।

जसपा नेपालले अध्यादेशबारे ठोस निर्णय नगरेका कारण सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश अन्योलमा परेको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro