देश

खलंगा । दार्चुलाको महाकाली नगरपालिका–५, किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । पहिरो खसेपछि आज (फागुन १६) बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा बिहानैदेखि तराईबाट जिल्ला सदरमुकामका निम्ति छुटेका तथा यहाँबाट बाहिरिने सवारीसाधन बाटोमै थन्किएका छन् । यात्रु बाटोमै अलपत्र परेका महाकाली काउन्टर दार्चुलाका लवराज अवस्थीले जानकारी दिए ।
सोही ठाउँमा गएको माघ दोस्रो साता पनि पहिरो खसेको थियो । त्यहाँ केही समयअघि सडक मर्मतसम्भार गरिएको थियो । रासस
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१ १३:२७
प्रतिक्रिया दिनुहोस्