site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युनाइटेडको जितबाट सन्तुष्ट एमोरिम 

काठमाडौं । म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक रुबेन एमोरिमले इप्सविच टाउनविरुद्ध कठिन जित निकाले पनि आफू टिमको प्रदर्शनबाट प्रभावित भएको बताएका छन् । ओल्ड ट्राफोडमा युनाइटेडले इप्सविच टाउनविरुद्ध ३–२ को कठिन पुनरागमन जित निकालेको थियो ।

खेलको सुरुआतमै पछि परेको युनाइटेडका प्याट्रिक डोर्गुले ४३औँ मिनेटमा रातो कार्डको दर्शन गर्दै मैदान छाडेका थिए । १० खेलाडीमा सीमित भए पनि रोमाञ्चक जित निकालेपछि प्रशिक्षक एमोरिम टिमको प्रदर्शनबाट सन्तुष्ट बनेका हुन् ।

“आज म निराश छैन,” एमोरिमले सञ्चारकर्मीसँग भने, “हामीले खेलमा नियन्त्रण राख्यौँ । पहिलो मिनेटदेखि नै खेलाडीहरुले मिहिनेत गरिरहेको देखेँ । रातो कार्ड पाएपछि खेल केही कठिन बन्यो । तर, हामी तीन अंक पाउन योग्य थियौँ ।”

जितका बाबजुद २७ खेलबाट ३३ अंक जोडेको युनाइटेड तालिकाको १४औँ स्थानमा छ । रेलिगेसन क्षेत्रमा संघर्षरत इप्सविच १८औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro