site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ–कहाँ पर्छ पानी ?
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षा र हिमपातको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रहेको छ । बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । 

विभागले दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । 

लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा देशका बाँकी पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपात हुनेछ । 

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । 

काठमाडौंमा पनि वर्षाको सम्भावना छ । “काठमाडौंमा आज दिउँसो पानी पर्ने सम्भावना छ,” मौसमविद् शान्ति कँडेल बाह्रखरीसँग भन्छिन्, “काठमाडौं २/३ बजेपछि हल्का वर्षाको सम्भावना छ ।” राति भने काठमाडाैंमा वर्षाकाे सम्भावना छैन ।

भोलि पनि काठमाडौंमा बदली र वर्षाको सम्भावना छ । “आजजस्तो हल्का वर्षा नभए पनि भोलि काठमाडौंको छिटपुट वर्षाको सम्भावना छ,” उनले भनिन् । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ०७:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro