site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूकम्पले पहिरो गएको पालिकाका वडाध्यक्ष के भन्छन् ? 

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ का वडाध्यक्ष निमा सोना शेर्पाले वर्षाको समयमा पहिरो गइरहने भूभागमा सुक्खा पहिरो खसेको बताएका छन् । भूकम्पको केन्द्रबिन्दु रहेको तुसारेस्थित दुगुनागढीमा पहिरो गएको हो । 

“माथि भिरमा पहिरो गइरहने क्षेत्र छ । त्यहीँ केही ढुंगा र माटो खसेको छ,” वडाध्यक्ष शेर्पाले बाह्रखरीसँग भने, “बस्ती निकै तल रहेकाले पहिरोले क्षति पुर्याएको छैन ।” 

उनका अनुसार कोसी गाउँपालिकामा केही पूराना घर चर्किएका छन् । तर, भत्किएको सूचना नआएको उनले बताए । “मैले गाउँगाउँमा फोन गरेर बुझिरहेको छु,” उनले भने, “अहिलेसम्म ठूलो क्षति भएको सूचना छैन ।” 

छोटो समय हल्लाएकाले क्षति हुन नपाएको उनी बताउँछन् । “म कोसी गाउँपालिकामा नै छु । मजाले हल्लायो । तर, छोटो समए हल्लाएकाले धेरै क्षति हुन पाएन भन्ने लाग्छ,” उनले भने । 

राति २ : ५१ बजे सिन्धुपाल्चोकका भैरव कुन्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ०६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro