site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
पोखरामा सुरु भयो ‘नेपाल लिटरेचर फेस्टिभल’

पोखरा । पर्यटकीय राजधानी पोखरामा बिहीबारदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरु भएको छ । बुकवर्म फाउन्डेसनको आयोजनामा भएको फेस्टिभलको उद्घाटन नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले गरे ।

उद्घाटन समारोहमा मन्त्री गुरुङले परिवर्तनका लागि साहित्य एकदमै सशक्त हतियार भएको बताए । यो कार्यक्रम इनोभेटिज र क्रियटिभ भएको गुरुङले सुनाए । "यो इनोभेटिज, क्रियटिसन हो । कार्यक्रम धेरै प्रकारका छन् । पोखरा नेपालमा भइराखेको कार्यक्रममध्ये यो एउटा नौलो कार्यक्रम हो," उनले भने ।

पर्यटन प्रवर्द्धन र विकासका लागि यो फेस्टिभलले महत्त्वपूर्ण भूमिका खेल्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले बताए । त्यसपपिछ भूमि लक्ष्मी पराजुलीद्वारा लिखित ‘मर्मेड ह्वेल प्रिन्सेस’ नामक चित्रकथा पुस्तक विमोचन गरियो । उद्घाटनअघि प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाले विद्वत्प्रवचन दिएका थिए । 

इन्दिरा गान्धी ओपेन युनिभर्सिटीको प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् । अहिले भूपी कक्षमा अध्यात्म र संघर्षमाथि ‘अलि अलि हार हो, अलि अलि जित जित !’ सत्रमा अभिनेत्री मनीषा कोइराला र लेखक एवम् पत्रकार विजय कुमारको संवाद भयो ।

 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro