site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माट्रिकाले गरायो आईपीसीएल प्रविधिमार्फत् माइनस २६ पावरको चश्मामुक्त 

काठमाडौं । माट्रीका आई सेन्टरले मायोपियाका एक बिरामीलाई माइनस २६ पावरको चश्माबाट मुक्त गराएको छ । इम्प्याक्टेबल फाकिक कन्ट्याक्ट लेन्स (आईपीसीएल) प्रविधिको शल्यक्रियामार्फत् ती बिरामीलाई माट्रिकाले स्थायी रूपमै चश्मामुक्त गरेको हो । 

आईपीसीएल प्रविधिले माइनस २७ पावरसम्मको चश्मा लगाउनुपर्ने आँखाको सफल शल्यक्रिया गर्न सकिन्छ । माट्रिकाले तीन महिनाअघि यो प्रविधि भित्र्याएको थियो । 

सेन्टरका डा. सुजल श्रेष्ठको समूहले यो अवधिमा आईपीएसएल प्रविधिमार्फत हालसम्म आठजनाको सफल शल्यक्रिया गरेको छ । जसमा माइनस २६, माइनस २०, माइनस १६, माइनस १४ र माइनस १९ सम्म पावरको चश्मा प्रयोग गरिरहेका बिरामीको सफल शल्यक्रिया गरिएको माट्रिकाले जनाएको छ । 

के हो आईपीसीएल प्रविधि ?
आईपीसीएल प्रविधि विशेषगरी उच्च मायोपिक, एस्टिग्माटिज्म भएका बिरामीहरूमा प्रयोग गरिन्छ । यो विधिले सबै प्रकारका दृष्टिसम्बन्धी समस्यालाई समाधान गर्नसक्छ ।

साथै, आधुनिक लेजर पद्धति अपनाउन नमिल्ने बिरामी जस्तै सुक्खा आँखा भएका नानी मोटो वा पातलो भएका लगायतका बिरामीको पनि आईपीसीएलमार्फत् उपचार गर्न सकिन्छ ।

यो विधिले कन्ट्याक्ट लेन्स वा चश्मा लगाउने झन्झट स्थायी रूपमा हटाउन सकिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro