site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार ढाल्ने खेलमा लाग्दैनौँ, गठबन्धन पनि गर्दैनौँ : प्रचण्ड

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका समस्या बुझ्न जागरण अभियान सुरु गरिएको बताएका छन् ।

प्रेस सेन्टर मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तराई–मधेसकेन्द्रित अभियान सुरु गरिएको बताए । “अभियान भाषण गर्ने र हिँड्नेभन्दा पनि किसान, स्थानीय, पत्रकार र सबै क्षेत्रहरूसँग सम्बन्ध सुदृढीकरण गर्ने हो,” प्रचण्डले भने । यसक्रममा आफूले ०६४ को झल्को पाएको सुनाए ।

दक्षिण भेगका जनतासँग साक्षात्कार गरी उनीहरूका समस्या, मुद्दा बुझ्न र नयाँ जनचेतनाका लागि गरिएको अभियान सुरु गरिएको बताए । आफ्नो सरकारले सुशासन सुरु गरेपछि अहिलेको गठबन्धनको सरकार बनेको बताउँदै उनले परिस्थिति बुझाउन जनतासँग गएको सुनाए । 

उपराष्ट्रपतिलाई पार्टीमा ल्याउन हतार नभएको बताउँदै पार्टीको कुन तहमा ल्याउने भन्ने छलफल हुने बताए । कांग्रेस र एमालेलाई ठूलो पार्टी बनाउन माओवादीले सहयोग गरेको दाबी गर्दै कोसीको उपचुनावमा माओवादी ठूलो पार्टी भएको बताए । माओवादी सरकार भ्रष्टाचारीले ढालेको आरोप लगाउँदै स्थिरताको लागि माओवादीले जित्न आवश्यक रहेको र एक नम्बर पार्टी बनाउने लक्ष्य रहेको सुनाए ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा आएपछि हाम्रो प्रत्यक्ष निर्वाचित कार्यकारीमा आफूहरूको रिजर्भेसन रहेको भन्दै हर्क वा बालेन आए पनि फरक नपर्ने बताए । "मैले त लोकतन्त्रका फूल भनेको छु," उनले भने । 

अब निर्वाचनमा कांग्रेस र एमालेसँग गठबन्धन नगर्ने बताए । इतिहासबाट जनताको चेतना धेरै अघि बढ्यो राजाले बोलेका कुरामा प्रतिक्रिया नदिएको र राजतन्त्र कुनै अवस्थामा फर्कन नसक्ने बताए । 

उनले भने, "माओवादी बढ्ने भयो भनेर नोकरशाहीलाई मन परेको छैन । पार्टी एक ठाउँमा छ । नेतृत्वमा विवाद छैन ।" यो सरकार ०८४ सम्म बसेपनि माओवादीलाई फरक नपर्ने सुनाए । सरकार बनाउन र ढाल्ने आफूहरू खेलमा नलाग्ने बताए ।

सुशील कोइरालालाई राष्ट्रपति र केपी ओलीलाई प्रधानमन्त्री बनाउने भनेपछि मात्र संविधान बनेको बताउँदै उनले आन्दोलनका सहयात्री दलको सहमतिमा मात्र बनाउन आफूले जोड गरेको बताए । उनले भने, "संविधानका धेरै विषयमा माओवादीका धेरै इन्डिकेसन छ । सबै परिवर्तन हाम्रो आन्दोलनको जगमा बनेको हो ।"

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  ०९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro