site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहकारी समस्याले नेपाल ‘ग्रे लिस्ट’मा : सांसद जबरा

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. उदयशमशेर जबराले सहकारी संस्थाको समस्याका कारण नेपाल ‘ग्रे लिस्ट’मा परेको बताएका छन् । मंगलबार (फागुन १३) प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

फाइनान्सियल एक्सन टास्क फोर्सले नेपाललाई ग्रे लिस्टमा राखेको उनले उल्लेख गरे । नेपाललाई ग्रे लिस्टमा राख्नुको मुख्य कारण सहकारी रहेको उनले जिकिर गरे । “फाइनान्सियल एक्सन टास्क फोर्सले नेपाललाई ग्रे लिस्टमा राखेको छ । विशेष गरेर मनी लाउन्डरिङ र सम्पत्ति शुद्धीकरणको विषयकेन्द्रित हो,” उनले भने, “नेपाललाई ग्रे लिस्टमा राखेको मुख्य कारण सहकारीको कारण हो ।”

Argakhachi Cement Island Ad

उनले सहकारीमा कोही व्यक्तिले जम्मा गरेको पैसाको स्रोत नखोजिने कारण पनि समस्या बढेको बताए । “सहकारीमा कोही व्यक्तिले जम्मा गरेको पैसाको स्रोत कहाँबाट आयो भन्ने खोजिँदैन । त्यसैले अब यो सरकारले हाम्रो सहकारीलाई नियमन गर्नको निम्ति पनि क्षमता बढाउनुपरेको छ,” उनले भने, “अहिले हामीले नेपालमा बैंकलाई कसी गर्ने र सहकारीलाई खुला गर्ने गर्दा पनि यो समस्या आएको हो ।”

उनले सहकारीलाई नियमन गर्न सरकारले क्षमता बढाउन जरुरी रहेको औँल्याए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्