site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार मोहनालाई 

काठमाडौं । दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार (२०८१) मानवअधिकारवादी तथा महिला सशक्तीकरणकी अभियन्ता मोहना अन्सारीलाई प्रदान गरिने भएको छ । 

दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रको कार्यसमितिको बैठकले उक्त पुरस्कार मोहनालाई प्रदान गर्ने निर्णय गरेको केन्द्रका महासचिव कपिलचन्द्र खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

वि.सं. २०६२ सालमा स्थापित स्मृतिकेन्द्रले राष्ट्रिय महत्वका विषयमा योगदान पुर्याउने राष्ट्रिय प्रतिभाहरूलाई सम्मान गर्दै आएको छ । 

यही फागुन १७ गते उक्त पुरस्कार मोहनालाई अर्पण गरिनेछ । पुरस्कारको राशि पचास हजार रुपैयाँ रहेको छ । 

यसअघि ज्ञानमणि नेपाल, मदनमणि दीक्षित, सत्यमोहन जोशी, तुलसीराम वैद्य, दिनेशराज पन्त, डा. मोदनाथ प्रश्रित, प्रा.डा .सुरेशराज शर्मा, प्रा.डा. सुरेन्द्र केसीलगायतलाई सम्मान गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ०८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro