site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
राष्ट्रिय डोरीतान प्रतियोगिता हुने

काठमाडौं । नेपालमा रााष्ट्रिय डोरीतान प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल डोरीतान संघले प्रतियोगिता आयोजना गर्न लागेको हो । सोमबार आयोजक नेपाल डोरीतान संघले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

आयोजकका अनुसार मंगलबारदेखि सानोठिमीस्थित एसोएस हर्मन माइनर स्कुलमा सुरु हुनेछ । दुई दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ । महिला र पुरुष गरी दुई विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । महिलातर्फ वाग्मती, कोसी, मधेस, लुम्बिनी, गण्डकी प्रदेशबाट एक–एक टिम र आर्मी, पुलिस र सशस्त्र प्रहरी बल गरी आठ टोलीले सहभागिता जनाउनेछन् । त्यस्तै, पुरुषतर्फ प्रत्येक प्रदेशबाट एक–एक टिम तथा विभागीय टिम गरी १० वटा टोली सहभागी हुने जनाइएको छ ।

Dabur Nepal
NIC Asia

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले एक लाख रुपैयाँ तथा दोस्रो हुनेलाई ५० हजार रुपैयाँका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिलातर्फ विजेतालाई नगद ६० हजार र उपविजेतालाई ४० हजार रुपैयाँका साथै मेडल, शिल्ड र प्रमाणपत्र दिइने छ ।

पुरुष टिममा ६४० किलो र महिलातर्फ ५८० किलो तौल नकट्ने गरी बढीमा आठजनासम्म खेलाडी राख्न पाउने छन् । कुल ३१ लाख अनुमानित बजेटमा सञ्चालन हुने खेलमा १६२ खेलाडी सामेल हुने बताइएको छ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro