site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
केपी ओली एफसी र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

काठमाडौं । केपी ओली एफसी र त्रिभुवन आर्मी क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । 

सोमबार भएको खेलमा केपी ओली एफसीले न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलन प्रवेश गरेका हुन् । 

ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो खेलमा केपी ओली एफसीले एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्‍यो । केपी ओली एफसीका तर्फबाट एकमात्र निर्णायक गोल खेलको ६३औँ मिनेटमा सुरजज्यू ठकुरीले गरेका थिए ।

त्यस्तै, सोमबार नै भएको पहिलो खेलमा आर्मीले पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्‍यो । आर्मीका नवयुग श्रेष्ठले खेलको १९औँ मिनेट र दिनेश हेम्जनले ८१औँ मिनेटमा गोल गरेका थिए ।

प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेल हुनेछन् । पहिलो खेल साढे ११ बजे एपिएफ र संकटा क्लबबीच र दोस्रो खेल दिउँसो ३ बजे मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडबीच हुनेछ ।

फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro