site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा वायु प्रदूषण उच्च, पोखराको अवस्था कस्तो ?
फाइल तस्बिर ।

काठमाडौं । लगातार वायु प्रदूषण उच्च तहमा रहेको काठमाडौं उपत्यका सोमबार पनि अस्वस्थकर छ । वातावरण विभागको सूचकांकअनुसार, सोमबार बिहान ११ः३० बजे उपत्यकाका चार स्थान अस्वस्थकर छन् ।

विभागका अनुसार, रत्नपार्क, शंखपार्क, खुमलटार र भैँसेपाटीको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १५९ देखि १७५ सम्म छ । एक्यूआई सबैभन्दा बढी (१७५) रहेको भैँसेपाटीमा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा १०६.६ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ ।

पछिल्लो २४ घण्टामा पोखरा सर्वाधिक प्रदूषित थियो । यस अवधिमा पोखराको एक्यूआई २०५ र पीएम २.५ को मात्रा ३२९.३ पुगेको थियो ।

यीबाहेक अन्य सहरको एक्यूआई १५० भन्दा तल छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को वायु गुणस्तर मापदण्डानुसार, एक्यूआई ५० सम्मको वायु स्वस्थकर हुन्छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ तथा बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro