site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीलाई गोकुल बास्कोटाको प्रश्न– व्यवस्था बदल्न खोजेको कि सरकार ?  

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले नेकपा (माओवादी केन्द्र)लाई कित्ता स्पष्ट पार्न आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा उनले व्यवस्था बदल्न खोजेको कि सरकार भन्नेमा स्पष्ट हुन आग्रह गरे ।

“गम्भीरतापूर्वक कुरा उठिरहेको छ, माओवादीले आफ्नो कित्ता क्लियर गरोस् । दक्षिणपन्थी यात्रा हो कि समाजवादी यात्रा हो ? व्यवस्था बदल्न खोजेको कि सरकार बदल्न खोजेको ?,” बास्कोटाले सोधे ।

उनले कांग्रेस–एमाले सरकार र नेपाली राजनीतिको संस्थापन भएको पनि बताए । उनले संघर्ष चर्काउने भनेर माओवादी व्यवस्था बदल्न खोजेको आरोपसमेत लगाए । 

“राजा ल्याउने भनेर एकथरी कराउने, संघर्ष चर्काउने भनेर अर्कोथरी कराउने । प्रतिशोध भयो भनेर डे वानदेखि अर्कोथरी कराएको छ । ठिकै हो यहाँ कराउन पाइन्छ, सरकारका काम मन नपर्न सक्छ । के प्रमुख प्रतिपक्षले लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो ?,” उनले प्रश्न गरे, “दक्षिणपन्थी र वामपन्थी विचार बोक्नेको एउटै चुलो बलेको हो ? सहमति त्यसमा हो । याद गर्नुहोला, त्यो चुलोमा कहिल्यै राजतन्त्र फर्काउने, गणतन्त्र मास्ने खिचडी एक पाक्दैन, दुई पाक्दैन, तीन पाक्दैन भ्रममा नरहिदिनुहोला ।”

उनले के गर्न राजतन्त्र फर्काउने ? भन्दै प्रश्न गरे । उनले राजतन्त्र फर्कन सम्भवः नभएको पनि बताए । “धेरै दुःख गर्नुपर्दैन । एउटा प्लेन टिकट काटदिनुस्, पूर्वराजा जुलुस नगरी काठमाडौं फर्किहाल्छन नि !,” उनले भने, “फर्किने भनेको काठमाडौं त होला नि ? सिंहासनमा त सम्भव छैन,” बास्कोटाले भने ।

बास्कोटाले सहकारी ठगीको पक्ष लिएर नयाँ शक्ति नबन्ने समेत बताए ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro