site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार छैनन् जेलेन्स्की

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की आफ्नो देशको दुर्लभ पृथ्वी खनिजमा संयुक्त राज्य अमेरिकालाई प्राथमिक पहुँच दिने सम्झौतामा हस्ताक्षर गर्न ‘तयार नभएको’ एक युक्रेनी स्रोतले बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनका पूर्ववर्ती जो बाइडेनले प्रदान गरेको दशौँ अर्ब डलर सहायताको क्षतिपूर्तिका रूपमा अमेरिकी कम्पनीहरूलाई दुर्लभ पृथ्वी खनिजमा पहुँच दिलाउन चाहन्छन् । 

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले शुक्रबार जेलेन्स्कीले चाँडै सम्झौतामा हस्ताक्षर गर्ने अनुमान गरे । तर प्रस्तावित सम्झौताको रूपरेखा सार्वजनिक गरिएको छैन ।

“हालको मस्यौदाको रूपमा राष्ट्रपति स्वीकार गर्न तयार हुनुहुन्न, हामी अझै परिवर्तन गर्न र रचनात्मकता थप्न कोसिस गरिरहेका छौँ,” विषयसँग सम्बन्धित एक युक्रेनी स्रोतले शनिबार भन्यो, “सम्झौतामा ग्यारेन्टी वा लगानीसम्बन्धी कुनै अमेरिकी दायित्व छैन, उनीहरूको बारेमा सबै कुरा धेरै अस्पष्ट छ र उनीहरू हामीबाट पाँच खर्ब डलर निकाल्न चाहन्छन्, यो कस्तो साझेदारी हो ?... र हामीले किन पाँच खर्ब अरब डलर दिनुपर्ने हो, त्यसको कुनै जवाफ छैन ।”

स्रोतले युक्रेनले संशोधनहरू प्रस्ताव गरेको बताएको छ । युक्रेनले आफ्नो प्राकृतिक स्रोत र महत्त्वपूर्ण खनिजहरू हस्तान्तरण गर्ने कुनै पनि सम्झौताको हिस्साका रूपमा संयुक्त राज्य अमेरिकाबाट सुरक्षा ग्यारेन्टी खोजिरहेको छ ।

सम्झौतामाथिको असहमति जेलेन्स्की र ट्रम्पबीचको वाक्युद्धको बीचमा आएको छ । ट्रम्पले यस हप्ताको सुरुमा सामाजिक सञ्जालमा जेलेन्स्कीलाई ‘तानाशाह’ भनेका थिए । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro