
काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको दुर्लभ जनावर रेडपाण्डा चोरी गर्न खोजेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५, स्वयम्भूमा बस्दै आएका धादिङका २१ वर्षीय कृष्ण गुरुङ र भारतको बिहारका २६ वर्षीय मोहमद तफिक छन् ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले सोमबार (जेठ १९) राति स्वयम्भूबाट पक्राउ गरेको हो । उनीहरूविरुद्ध जिल्ला अदालतबाट चोरी उद्योग कसुरमा पाँच दिन म्याद थप गरिएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
गएको वैशाख ३० गते राति उनीहरूले चिडियाखानाभित्र प्रदर्शनीमा राखिएको रेडपाण्डा चोरी गर्ने प्रयास गरेका थिए । तर, सम्भव नदेखिएपछि छाडेर भागेका प्रहरीले जनाएको छ ।
सीसीटीभी फुटेजका आधारमा उनीहरूलाई समातिएको ललितपुर प्रहरीले जानकारी गराएको छ ।