site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
फोनपे र एभरेस्ट बैंकबीच सहकार्य, ‘एभरेस्ट फोनपे क्रेडिट कार्ड’ सेवा सुरु

काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी नेटवर्क फोनपे र एभरेस्ट बैंकबीचको सहकार्यमा ‘एभरेस्ट फोनपे क्रेडिट कार्ड’ सार्वजनिक गरिएको छ । यो सेवा हाल प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइएको छ, जसअन्तर्गत प्रयोगकर्ताहरूले पूर्ण रूपमा भर्चुअल क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

नयाँ कार्ड सेवा एभरेस्ट बैंकको ‘इबीएल टच २४’ मोबाइल बैंकिङ एपमार्फत सजिलै प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताहरूले देशभर रहेका फोनपे क्यूआर व्यापारीहरूमा स्क्यान गरेर सरल रूपमा भुक्तानी गर्न सक्नेछन् ।

Argakhachi Cement Island Ad

फोनपे क्रेडिट कार्ड योजनाअन्तर्गतको यो सेवा पारम्परिक क्रेडिट सुविधा जस्तै ब्याज छुट अवधिहरूसँगै अब क्यूआर आधारित कारोबार प्रणालीमा आधारित छ, जसले प्रयोगकर्तालाई डिजिटल युगको उपयुक्त सुविधा प्रदान गर्ने विश्वास लिइएको छ ।

“एभरेस्ट बैंक हाम्रो यात्रामा सहभागी भएपछि हामी अत्यन्त उत्साहित छौँ । यो सहकार्यले सुरक्षित, घरेलु र समावेशी क्रेडिट समाधानको खाँचोलाई सम्बोधन गर्छ,” फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार श्रेष्ठले भने, “हाम्रो उद्देश्य सबै नेपालीलाई लक्षित गर्दै सजिलो र समावेशी डिजिटल क्रेडिट अनुभव दिनु हो ।”

यो कार्ड सेवा फोनपे र सिटिजन्स बैंकसँगको सफल सहकार्यपछि सार्वजनिक गरिएको दोस्रो चरणको योजना हो । अब अन्य बैंकहरूले पनि चाँडै आफ्ना फोनपे क्रेडिट कार्ड योजना सार्वजनिक गर्ने तयारी गरिरहेका छन्, जसले समावेशी, नवप्रवर्तनशील र पहुँचयोग्य क्रेडिट सेवातर्फको यात्रा अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

फोनपेले यस सहकार्यमार्फत ‘डिजिटल नेपाल’ निर्माणको दिशामा निरन्तर अग्रसर हुँदै सुरक्षित, सहज र सबैका लागि पहुँचयोग्य वित्तीय सेवाहरूको विकास गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्