site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस प्रमुख सचेतकको कटाक्ष : अध्यादेश ल्याउन नपाउने भए संविधानबाटै व्यवस्था हटाइदिऊँ 

काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशका विषयमा अनावश्यक विरोध नगर्न विपक्षी दललाई आग्रह गरेको छ । 

मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले संसद् नचलेका बेला अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार रहेको भन्दै विरोधका लागि विरोध नगर्न आग्रह गरेका हुन् । अध्यादेशलाई सधैँ विरोध गर्ने हो भने अध्यादेश ल्याउने संविधानमा भएको व्यवस्था हटाउन उनले सुझाव दिए । 

उनले अध्यादेश संसद्‍बाट अघि बढेपछि मात्रै विधेयकको रूप दिने भन्दै संसद् छलेर अध्यादेश ल्यायो भन्न नमिल्ने तर्क गरे । प्रतिपक्षमा बस्दैमा सबै कुराको विरोध नै गर्नुपर्छ भन्ने नहुने उनको भनाइ छ । प्रमुख सचेतक घिमिरेले संविधान संशोधनको कुरा चलिरहेको भन्दै सहमतिमा नै संशोधन गर्नुपर्ने बताए । 

उनले भारतमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा सरकारले गरेको पहलका कारण सम्बन्धित व्यक्तिलाई पक्राउ गरी विद्यार्थीलाई कजेलमा फर्काउने काम भएको बताए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro