site stats
बाह्रखरी :: Baahrakhari
कला
‘फेरि रेशम फिलिलि’को ट्रेलरमा अमेरिका मोह 

काठमाडौं । चलचित्र ‘फेरि रेशम फिलिलि’को ट्रेलर सार्वजनिक भएको छ । आज एक कार्यक्रम आयोजना गर्दै निर्माणपक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । 

महाशिवरात्रीकोका दिन पारेर फागुन १४ गते रिलिज हुने चलचित्रको ट्रेलरमा अमेरिका मोह देखाइएको छ । अमेरिका जान अहिलेको पुस्ता के–केसम्म गर्न तयार हुन्छ भन्ने ट्रेलरमा देख्न सकिन्छ । 

Argakhachi Cement Island Ad

ट्रेलरमा चलचित्रका अधिकांश कलाकार अटाएका छन् । ‘फेरि रेशम फिलिलि’मा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् ।

चलचित्रलाई निरोज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्