site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खेद प्रस्ताव पारित गर्नु अभिव्यक्ति स्वतन्त्रताविपरीत : ज्ञानेन्द्र शाही
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले आफूले सामाजिक सञ्जालमा लेखेको विषयलाई दिएर खेद प्रस्ताव पारित गर्नु अभिव्यक्ति स्वतन्त्रताविपरीत भएको टिप्पणी गरेका छन् ।

सोमबार संसद् भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद शाहीले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्नेगरि आफ्नो अभिव्यक्तिप्रति राष्ट्रियसभाले खेद प्रस्ताव पारित गरेको भन्दै आपत्ति समेत जनाए ।

यसअघि राष्ट्रियसभामा विधेयकहरूको छलफल सदस्यहरूले नबुझेको देखिएकाले थप अध्ययन गर्नका लागि आफूले सुझाव मात्र दिएको उनले बताए ।

आफू कुनै नेताको निगाहामा नभइ जनताबाट मत ल्याएर संसद्मा आएको भन्दै जनताको मतको अपमान गर्ने काम समेत राष्ट्रियसभाले गरेको धारणा राखे ।

यसअघि आइतबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभा सदस्य शाहीले राष्ट्रियसभा नै वृद्धाश्रम भएको टिप्पणी गरेको भन्दै खेद प्रस्ताव पारित गरेको थियो ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro