site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
के गरे स्कटल्याडका विद्यार्थीले दुई हप्ता नेपालमा ?

काठमाडौं । स्कटल्यान्डको फोर्थ भ्याली कलेजमा हस्पिटालिटी म्यानेजमेन्ट पढ्दै गरेका विद्यार्थी तथा प्रशिक्षकले दुई हप्ता नेपाल भ्रमण गरेका छन् । बेलायत सरकारको ‘टुरिङ स्कीम’ मातहतमा सञ्चालित मोबिलिटी कार्यक्रम सञ्चालित उक्त कलेजका विद्यार्थीले नेपालका प्रमुख पर्यटकीय स्थलको भ्रमण गरेका हुन् ।

दुई देशका सांस्कृतिक आदान प्रदानको उद्देश्यले भ्रमण कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

हस्पिटालिटी वर्ल्ड क्याम्पस ललितपुरमा सस्टिनेबल कुकिङ प्राक्टिस र कम्युनिटी बेस्ड कुकिङ प्रोजेक्ट आयोजना गरिएको थियो । उक्त कार्यक्रममा काठमाडौंको रैथाने नेवारी खानाको परिकार लगायतका जानकारी गराइएको थियो ।

एसियान इन्सिच्युट अफ टेक्निकल एन्ड म्यानेजमेन्ट कलेजमा फोहोर व्यवस्थापन लगायतका सेसन आयोजना गरिएको थियो ।

काठमाडौं इन्सिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टरमा विद्यार्थीलाई तालिम प्रदान गरिएको थियो ।

भ्रमण टोलीले बसाइँमा काठमाडौं, ललितपुर र भक्तपुरको धार्मिक तथा ऐतिहासिक सम्पदाको अवलोकन गर्नुका साथै त्यहाँको जनजीवनबारे जानकारी लिएको थियो । उपत्यका बाहिर पोखरा र चितवनको समेत भ्रमण गरेको थियो ।

 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro