site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय यू–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप फागुन ६ र ७ मा
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय यू–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप फागुन ६ र ७ गते काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल महिला रग्बी क्लबले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भक्तपुरस्थित मध्यपुर युथको मैदानमा हुने च्याम्पियनसिप हुने जानकारी दिएको छ ।

च्याम्पियनसिप ६ प्रदेश र दुई क्लब गरी आठ टिम सहभागी हुनेछन् । सुदूरपश्चिम, कर्णाली, गण्डकी, मधेस, कोसी र वाग्मती प्रदेश तथा आयोजक नेपाल महिला रग्बी क्लब र हिमालयन टाइगर रग्बी क्लबले प्रतियोगितामा सहभागी जनाउने नेपाल महिला रग्बी क्लबकी अध्यक्ष एलिसा थापाले जानकारी दिइन् ।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन गरिनेछ । समूहका शीर्ष दुई टिमले नकआउट चरणमा स्थान बनाउने उनले बताइन् ।

प्रतियोगिताको विजेता टिमलाई ट्रफी, मेडलसहित ५० हजार रुपैयाँ नगद र उपविजेता टिमलाई ट्रफी, मेडलसहित ३० हजार रुपैयाँ पुरस्कार राशी राखिएको अध्यक्ष थापाले जानकारी दिइन् ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro