site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेबनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, आवश्यक कारबाहीको माग

काठमाडौं । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत लेवनानमा खटिएका नेपाली शान्ति सैनिकमाथि आक्रमण भएको छ ।  

फागुन ३ गते रातिको करिब १२ बजे लेबनानको राजधानी बेरुतनजिक मिसनका डेपुटी फोर्स कमान्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकालमाथि आक्रमण भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ । 

ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारी र भिडले रोकी तोडफोड गर्दा उपरथी ढकाल घाइते भएको र घटनापश्चात् उनलाई तत्कालै उद्धार गरी यूएन लेवल–३ अस्पताल बेरुत पुऱ्याइएको नेपाली सेनाले जनाएको छ । 

अस्पतालले हाल उनी खतरामुक्त रहेको जनाएको छ । डेपुटी फोर्स कमान्डर ढकाल  आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा रहेका थिए ।

घटनाको सम्बन्धमा यूएन मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ । 

शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्रसंघले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ ।

उक्त घटनाको भर्त्सना गर्दै लेबनानका प्रधानमन्त्री र लेबनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति/समूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

shanti-sena-1739670121.jpg
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  ०७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro