site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिहान नयाँ प्रणाली भित्रिँदा ६ वटा प्रदेशमा वर्षा, पाँचवटामा हिमपात हुने 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

विभागले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।  

कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । 

आज बिहानीपखबाट भित्रिएको पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज वर्षा हुन लागेको मौसमविद् रोजन लामिछाने बताउँछन् । 

उनका अनुसार यो प्रणाली कमजोर रहेका कारण ठूलो वर्षा भने हुने छैन । भोलिबाट नै केही कमजोर हुनेछ । “भोलि केही प्रदेशका पहाडी भूभागमा मात्र वर्षा हुनेछ,” उनले भने । 

“काठमाडौंमा आज बादल लाग्ने र केही चिसो हुनेछ । रातको समयमा भने केही छिटपुट वर्षाको पनि सम्भावना छ,” उनले बाह्रखरीसँग भने, “तर, काठमाडौंका सबै ठाउँमा वर्षा हुने होइन । केही ठाउँमा मात्र हुने सम्भावना छ ।” 

काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस रहेको छ । दिउँसो १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने वूर्वानुमान छ । 

हिजो बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस मापन गरिएको थियो । 

बिहानी तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने विभागको भनाइ छ । 

हाल नेपालमा पश्चिमी वायूको साथै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  ०६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro