site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यो सामान्य सुधारात्मक परिवर्तन होइन, गुणात्मक र युगान्तकारी हो : प्रचण्ड
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र संघर्षको परिणामले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा रहेको बताएका छन् ।

धुर्कोट गाउँपालिमा सहिद उद्यानको उद्घाटन गर्दै प्रचण्डले सशस्त्र संघर्ष, जनआन्दोलन र अन्य बलिदानका कारण नै अहिले गाउँगाउँसम्म सरकार बन्न र जनताका अधिकार स्थापित हुन सफल भएको बताए ।

“यो सामान्य सुधारात्मक परिवर्तन मात्रै होइन, गुणात्मक, युगान्तकारी र धेरै समयसम्म टिक्ने परिवर्तन हो,” प्रचण्डले भने, “संविधानले पहिलोपटक नेपाली जनतालाई सार्वभौम सम्पन्न बनाएको छ ।” संविधानमा जनताका अधिकार स्थापित भए पनि जनताको घरआँगनमा भने सोचेजस्तो खुसियाली नआएको उनको भनाइ थियो ।

आफू प्रधानमन्त्री हुँदा मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग, सालझण्डी ढोरपाटन सडकलगायत काम गरेको अध्यक्ष दाहालले उल्लेख गरे ।

 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  २३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro