site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा विस्तृत जानकारी

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सार्वजनिक गरेको लिलाम बिक्रीसम्बन्धी अनलाइन पोर्टलमा बिक्री सम्बन्धी सम्पूर्ण जानकारी पाइनेछ । 

बैंकिङ सम्पत्ति, बैंकको नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले यो अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको हो ।

Argakhachi Cement Island Ad

बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टलमार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिसम्बन्धी सम्पूर्ण किसिमका सूचनाको बारेमा विस्तृत जानकारी समेटिएको छ । यसका लागि ग्राहकले लिलाम–बिक्रीसम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टलभित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिको कित्ता नं. तथा क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारी प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यसरी ग्राहकले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ ।

बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा नियमित रुपमा बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा रहेको सम्पत्ति र लिलाम बिक्रीसम्बन्धी अन्य सूचना प्रकाशित गरिने हुँदा इच्छुक ग्राहकले अनलाइन पोर्टलको लिंकबाटै विस्तृत विवरणको जानकारी लिई लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्