site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चारदेशीय प्रतियोगिताका निम्ति किर्गिस्तानको टोली आज नेपाल आउँदै 

काठमाडौं । नेपालमा हुने चारदेशीय महिला फुटबल प्रतियोगिताका निम्ति किर्गिस्तानको टोली आज नेपाल आउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार, कीर्गिस्तानको टोली आज साँझ ६ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिनेछ ।

यस्तै, लेबनान र म्यानमार भने भोलि नेपाल आउने तालिका छ । एन्फाका अनुसार, लेबनान शुक्रबार साँझ ७ः१५ बजे र म्यानमार राति ९ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिने तालिका छ ।

फेब्रुअरी १७ देखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले किर्गिस्तानविरुद्ध खेल्ने तालिका छ । यस्तै, नेपालले फेब्रुअरी २० मा लेबनानविरुद्ध खेल्नेछ । नेपालले लिग चरणको अन्तिम खेलमा म्यानमारविरुद्ध फेब्रुअरी २३ मा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको फाइनल खेल फेब्रुअरी २६ मा हुने तालिका छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro