site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ओलम्पिक कमिटीमा खेलकुद मन्त्रालयको ताला

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको भवनमा युवा तथा खेलकुद मन्त्रालयले ताला लगाएको छ ।

मन्त्रालयले आइतबार ललितपुरस्थित सातदोबाटोमा रहेको कमिटीको भवनमा ताला लगाएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जनाएका छन् ।

पछिल्लो केही महिनायता खेलकुद मन्त्रालय र कमिटीबीच रहेको विवादका कारण मन्त्रालयले ताला लगाएको हो । कमिटीको नवनिवार्चित कार्यसमिति अवैधानिक रहेको भन्दै खेलकुद मन्त्रालयले जीवनराम श्रेष्ठ नेतृत्वलाई मान्यता दिएको छैन । तर, यता श्रेष्ठले भने आफूहरूले अन्तर्राष्ट्रिय मान्यताअनुसार नै साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरेको जिकिर गर्दै आइरहेका छन् ।

खेलकुदमन्त्री चौधरीले कमिटीको भवन सरकारको भएकाले आफूहरूले सरकारी सम्पत्तिको संरक्षण गर्न ताला लगाएको बताए ।

“नेपाल सरकारको स्वामित्वमा रहेको सम्पत्तिको संरक्षण गर्ने अधिकार पनि सरकारकै हुन्छ । त्यसैले हामीले सरकारी सम्पत्तिको संरक्षण गरेका हौँ,” ओलम्पिक कमिटीको मन्त्रालयको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले भने ।

 

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro