site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तीनवटा प्रदेशमा आंशिक बदली, दुईमा हिमपात हुने 
फाइल तस्बिर । 

काठमाडौं । देशका केही भूभागमा आज आंशिक बदली हुनेछ । केही स्थानमा हिमपातको पनि सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । 

देशका मध्य र पूर्वी तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ ।

काठमाडौंमा बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर २२ देखि २४ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको विभागले जनाएको छ । 

विभागले दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली हुने जनाएको छ । 

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ०६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro