site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अध्यादेशबारे अध्ययन गरेर बोलौँ, होइन भने बहस गर्न आउनुस्, हामी बुझाउँछौँ : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवरणमन्त्री बलराम अधिकारीले अध्यादेशको बारेमा अध्ययन गरेर मात्रै बोल्न चेतावनी दिएका छन् ।

बुधबार नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । । उनले भूमिसम्बन्धी अहिले विभिन्न भ्रम फैल्याइएको बताए । बुझ्दै नबुझी, हेर्दै नहेरी अध्यादेशलाई खण्डन गर्ने काम भएको भन्दै आपत्ति जनाए । उनले पहिला अध्यादेशमा के छ भन्नेकुरा पढ्न र बाहिर बोल्न नेता र कानुनविद्हरूलाई आग्रह गरे । कुनै हानि नगर्ने भन्दै अध्यादेशको बारेमा बहस गर्न पनि आफू तयार रहेको बताए । अध्यादेशहरू संसद्‌बाट पारित हुने पनि दाबी गरे ।

उनले भने, "भूमिसम्बन्धी अहिले विविधखाले हल्लाहरू गरिएको छ । हाम्रो देशको सन्दर्भमा धेरैखाले भूमिका अवस्थाहरू छन् । कतिपय बुझ्दै नबुझी, हेर्दै नहेरी अध्यादेशलाई खण्डन गर्ने काम गरिएको छ । मैले कानुनविद्हरूलाई पनि भनेँ, राजनीतिक नेताहरूलाई पनि भनेको छु । पहिला अध्यादेशमा के छ ? पढ्नुपर्‍यो । त्यसपछि बल्ल बाहिर बोल्नुपर्‍यो । होइन भने हामीसँग बहस गर्नुपर्‍यो । हामी बहस गर्न तयार छौँ । र यी अध्यादेशहरू पास हुनेछन् ।"

मन्त्री अधिकारीले सहकारीप्रति गलत भाष्य सिर्जना गरिएको बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro