site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
थुनामा रहेका बन्दीले प्रहरीकै अगाडि नेताको शैलीमा भाषण गरेपछि...

पोखरा । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका देवकुमार नेपाली गएको असोज १५ देखि पुर्पक्षका लागि थुनामा छन् । पोखरा र बागलुङमा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाको अर्बौं ठगेको आरोपमा अदालतको आदेशबाट थुनामा गएका हुन् । उनलाई सरकारी वकिल कार्यालयले सोमबार उपस्थित गराउन पत्र काटेको थियो । फर्कने क्रममा नेताले जस्तै भाषण गरे । उक्त भाषणलाई प्रहरीले नजरअन्दाज गरे । मुकदर्शक भएर हेरेर बसिरहे ।  

कारागार ऐन–२०७९ को दफा १७ मा भेटघाटका लागि नातेदार र नजिकका आफन्त तथा थुनुवाले तोकेका कानुन व्यवसायीलाई विशेष सुरक्षा व्यवस्था गरेर कारागार प्रशासनले कारागारभित्रै भेट्न व्यवस्था मिलाउन पाउने व्यवस्था गरेको छ । त्यसबाहेक भेट्न आउनेहरूले पनि तोकिएको सुरक्षा व्यवस्था र सर्त पालना गर्नुपर्ने उल्लेख छ ।

दफा १८ को उपदफा ५ मा विशेष भेटघाट भए पनि प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउनुपर्ने उल्लेख छ ।

Dabur Nepal

सार्वजनिक स्थानमा कुनै पनि थुनामा रहेका बन्दीले भाषण गर्न पाउँदैनन् । तर, सोमबार भने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख ऋषिराम कँडेलकै अगाडि नेपालीले सार्वजनिक स्थानमा भाषण गरे । बागलुङ र पोखरामा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा बागलुङ अदालतले कारागार पठाएका नेपालीले भने स्वयं प्रहरी प्रमुख कँडेलकै अगाडि नेताको शैलीमा हात हल्लाउँदै भाषण गरे ।

देवकुमारले भाषण गरिरहँदा कँडेल भने उनको बडिगार्डझैँ उभिएको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल छ ।

सोमबार देवकुमार नेपालीलाई जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले कारागारलाई पत्र पठाउँदै नेपालीलाई उपस्थित गराउन भनेको थियो । बाक्लो सुरक्षाकर्मीका बीच उनलाई सरकारी वकिलको कार्यालय पनि लगियो ।

जब, त्यहाँबाट नेपाली निस्के, उनले बचतकर्ताका अगाडि भाषण गरे । कसैको कुरा नसुन्न भने ।

“तपाईंहरू ढुक्क हुनुहोस् । मेरो समस्या अप्ठ्यारो भएका कारणले बाहिर जान परेको हो । दाजुभाइ दिदीबहिनीहरूको बचतको सबै जिम्मा मैले लिएको छु । साना बचतकर्तालाई पैसा, ठूला बचतकर्तालाई जग्गाको व्यवस्थापन हुँदैछ । यसको नेतृत्व डिलबहादुर दाई र लोकेन्द्र भाइले गर्नुभएको छ,” उनले बचतकर्तालाई आश्वासन दिए ।

बचतकर्ताको रकम जसरी पनि फिर्ता दिने उनले दोहोर्‍याए । “तपाईंहरू ढुक्क हुनुहोस्, जे कुरा भए पनि अरुको कुरा सुन्ने होइन । हामीले दिने हो तपाईंले लिने हो । जसरी इमेजमा बचत गर्नुभएको थियो, संस्थापक अध्यक्षको हैसियतले मैले जिम्मा लिएको छु,” नेपालीले भने, “म सुकुम्बासी भएर पनि तपाईंहरू हजारौँलाई म सुकुम्बासी बनाउन चाहन्नँ । हामी मिलापत्र गर्दैछौँ । जति बचत छ, सबैको व्यवस्थापन हुन्छ ।” भाषण गरिसकेपछि उनले हात हल्लाएर बिदा भए ।

एक हजार ५४३ बचतकर्ताले रकम ठगी गरेको आरोपमा जाहेरी दिएपछि अदालतले नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । नेपालीले एक अर्ब ५४ करोड बचतकर्ताको रकम ठगी गरेको आरोप छ ।

देवकुमार नेपालीले सार्वजनिक स्थानमा भाषण गरिरहँदा यसको बारेमा स्थानीय प्रशासन भने अनभिज्ञ छ । प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले भने उक्त घटनाको जानकारी नै नपाएको बताए ।

प्रहरी उपरीक्षक कँडेलले भने आफ्नो काम देवकुमार नेपालीको सुरक्षा गर्नु भएकाले मात्र सुरक्षा दिएको बताए ।

साना बचतकर्ताको रकम फिर्ता सुरु
इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङ कार्यालयका बचतकर्ताको रकम फिर्ता दिन थालिएको छ । सरकारी वकिलको कार्यालयमा पुगेर पीडितले मुद्दा फिर्ता लिएपछि एक लाख रुपैयाँभन्दा कम बचत गर्ने बचतकर्ताको रकम फिर्ताको काम थालिएको हो ।

आइतबारदेखि सहकारीपीडित संघर्ष समितिका पदाधिकारीले सरकारी वकिलका प्रतिनिधि, प्रहरी र पत्रकारको रोहबरमा रकम फिर्ता सुरु गरेका हुन् ।

यो अभियानमा इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताहरूको संघर्ष समितिले तीन करोड रकम फिर्ता गराउने भएको हो । बागलुङ बजारमा रहेको मुख्य कार्यालयका एक लाख रुपैयाँभन्दा थोरै बचत भएकाहरू ३१६ जनाले रकम फिर्ता पाउनेछन् । तत्कालका लागि मीना ग्रुप कम्पनी प्रालिले उक्त रकम उपलब्ध गराएको हो ।

ठूलो रकम भएकाहरूलाई भने नेपालीको नाउँमा रहेका ४५ भन्दा बढी कित्ताको घरजग्गा बेचेर तिर्ने योजना समितिले बनाएको छ । ठगी मुद्दामा नेपालीलाई विपक्षी बनाएका जाहेरवालामध्ये गलकोट र बुर्तिवाङका ५४७ बचतकर्ताले एक महिनाअघि नै मेलमिलाप गरेका थिए । सदरमुकाम आसपासका ३१६ जनाको भने आइतबार मेलमिलाप गरेर रकम फिर्ता गरेका हुन् । समय नपुगेका बचतकर्तालाई क्रमशः रकम फिर्ता गरिने संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले बताए । प्रभु बैंकबाट समितिले रकम फिर्ता गराएको छ ।

यसअघि बुर्तिवाङका ९२ जना र गलकोटका १७६ गरी २६८ जनाले बचत फिर्ता पाइसकेका हुन् । मेलमिलापबाट नेपालीको दाबी गरिएको बिगो रकमबाट २३ करोड ७५ लाख ४२ हजार ३४० रुपैयाँ घटेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  २०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro