site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रेलवे स्टेसनमा लाउडस्पिकर अन गरेर कल गर्नेलाई २०७ डलर जरिवाना

काठमाडौं । फ्रान्सको एउटा रेलवे स्टेसनमा लाउडस्पिकर अन गरेर फोनमा कुराकानी गरेको आरोपमा एक जनालाई २०७ अमेरिकी डलर जरिवाना गरिएको छ ।

डेभिड नाम गरेका व्यक्तिले आइतबार पश्चिम फ्रान्समा रहेको नान्टेस स्टेसनमा रेललाई कुरिरहेका बेला लाउडस्पिकर अन गरेर फोनमा कुराकानी गरेका थिए ।

Dabur Nepal

बहिनीसँग फोनमा कुराकानी गरिरहेका बेला आफूलाई फ्रान्सको सरकारी स्वामित्वमा रहेको रेल कम्पनीका एक सुरक्षाकर्मीले सोधपुछ गरेको डेभिडको भनाइ छ ।

“एक सुरक्षाकर्मी आएर मलाई लाउडस्पिकर बन्द नगरे १५० यूरो जरिवाना गर्ने बताए,” डेभिडले भनेका छन् ।

आफूले सुरुमा यसलाई मजाकको रूपमा लिएको उनको भनाइ छ ।

उनले घटनास्थलमा जरिवाना बुझाउन नसकेपछि जरिवाना बढाइएको थियो । पछि उनले २०० युरो अर्थात् २०७ अमेरिकी डलर जरिवाना बुझाउनुपरेको थियो ।

सीएनएनबाट ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro