site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार १९९० सालमा जन्मिएकी नानीमैयाको ९१ वर्षको उमेरमा निधन भएको हो । ०३८ सालको राष्ट्रिय पञ्चायतमा प्रचण्ड बहुमतसहित प्रवेश गरेर नानीमैया देशभर चर्चित भएकी थिइन् । त्यसबेला उनले ६५ हजार ७७७ मत पाएकी थिइन् । उनी पछि दोस्रो मत पाएर निर्वाचित भएका जोगमेयर श्रेष्ठले भने ३० हजारभन्दा कम मत पाएका थिए । पञ्चायतका शासकका टिप्पणीमा मुखभरीको जवाफ दिने, शासकका नराम्रा काममा सार्वजनिक टिप्पणी गर्ने र आफ्ना कुरा नछोड्ने अभ्यासले ‘पञ्चायतका शासक थर्काउने’ पहिचान  बनेको थियो ।

Dabur Nepal

०२९ सालमा जोरपाटी गाउँपञ्चायतको उपप्रधानपञ्च भएर काम गरेकी उनले नुन र तेलका लागि लाइन बस्नुपर्ने अभ्यास अन्त्य गरेको तथा भूमि सुधारमा रहेको जटिलता फुकाउन काम गरेकी थिइन् । सानै उमेरमा विवाह भएर छुटेकी नानीमैयाले त्यसपछि भने एकल जीवन बताइन् । घरमा बहिनी–ज्वाइँलाई ल्याएर राखेकी उनले बहिनीका सन्तानलाई नै आफ्ना सन्तान मानेकी थिइन् । उनकी बहिनीका छोराको समेत निधन भइसकेकाले नातिले काजकिरिया गर्ने अर्यालले जानकारी दिए ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro