site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हमासले भन्यो– अर्को सूचना नआएसम्म बन्धकहरूको रिहाइ रोकिएको छ

नयाँदिल्ली । इजरायल र हमासबीचको युद्धविराम सम्झौतालाई लिएर नयाँ समस्या देखिएको छ । हमासले हाल बन्धकहरूको रिहाइमा अर्को सूचना नआएसम्म रोक लगाएको बताएको छ । हमासले इजरायलले युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लगाएको छ ।

हमासले आफ्नो विज्ञप्तिमा भनेको छ, "विगत तीन हप्तामा हाम्रो नेतृत्वले इजरायलले बारम्बार युद्धविराम सम्झौताको उल्लघंन गरिरहेको र सम्झौताका सर्तहरू पालना नगरेको देखिएको छ ।"

यी उल्लंघनहरूमा विस्थापित प्यालेस्टिनीहरूलाई उत्तरी गाजामा फर्काउन ढिलाइ समावेश छ ।

यसबाहेक हमासले गाजापट्टीका धेरै क्षेत्रमा गोली चलाएको आरोप पनि लगाएको छ । तर, इजरायलले यस विषयमा हालसम्म केही बोलेको छैन । योजनाअनुसार बन्धकहरूको अर्को रिहाइ शनिबार हुने थियो ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  २३:३६
प्रतिक्रिया दिनुहोस्