site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मियामीको सहज जित 

काठमाडौं । कप्तान लियोनल मेसीप्रेरित इन्टर मियामीले अन्तर्राष्ट्रिय क्लब मैत्रीपूर्ण प्रतिस्पर्धामा ओलिम्पियाविरुद्ध ५–० को सहज जित निकालेको छ ।

आइतबार बिहान होन्डुरसमा भएको खेलमा मियामीलाई जित दिलाउन मेसीले एक गोल र दुई असिस्ट गरे । लुइस स्वारेज, र्‍यान साइलोर, नेह एलन र फेडेरिको रेन्डोन्डोले समान एक गोल गरे ।

मियामीले पहिलो हाफमा तीन र दोस्रो हाफमा एक गोल गरेको हो । जनवरी तेस्रो सातादेखि अन्तर्राष्ट्रिय क्लब मैत्रीपूर्ण खेलमा व्यस्त रहेको मियामी अपराजित छ ।

मैत्रीपूर्ण प्रतिस्पर्धाअन्तर्गत यसअघिका दुई खेलमा मियामीले पेनाल्टी सुटआउटमा जित निकालेको थियो । तेस्रो खेलमा मियामीले स्पोर्टिङ सान मिग्वेइटोलाई ३–१ ले हराएको थियो ।

मियामीले अब अन्तिम मैत्रीपूर्ण खेलमा ओर्लान्डो सिटीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यो खेल फेब्रुअरी १५ मा हुनेछ । त्यसपछि मियामीले कोन्काकाफ च्याम्पियन्स कपको पहिलो चरणमा स्पोर्टिङ केसीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro