site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धुनिबेसीमा फरक समयमा दुई टिपर दुर्घटना, दुवै चालकको मृत्यु

काठमाडौ । शनिबार धादिङको धुनिबेसीमा छुट्टाछुट्टै समयमा दुई टिपर दुर्घटना हुँदा दुवै चालकको मृत्यु भएको वागमती प्रहरीले जनाएको छ ।

शनिबार अन्दाजी ००ः३ बजे त्रिभुवनराजपथअन्तर्गत खत्रिपौवाबाट खानिखोलातर्फ आउँदै गरेको बा२क ४८८० नंको खाली टिपर धुनिबेसी ९ तिनतिरे धारा सडकबाट ९० मिटर तल खोल्सामा खसी दुर्घटना भएको थियो ।

Dabur Nepal

दुर्घटना हुँदा टिपर चालक जिल्ला मकवानपुर इन्द्रसरोवार गापा१ सेरा बस्ने वर्ष २२ का प्रदीप थिङ घाइते भई उपचारका लागि शिक्षण अस्पताल काठमाडौं पठाएको थियो । उनको उपचारकै क्रममा ०२ः१५ बजे मृत्यु भएको हो । 

धुनिबेसी ९ कै टायलघरमा शनिबार ०४ः०० बजे    अर्को टिपर पनि दुर्घटना भयो । काठमाडौंबाट खानीखोला तर्फ जाँदै गरेको बा३ख ७४०२ नंको खाली टिपर अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खोल्सामा खस्दा टिपर चालक धादिङ थाक्रे २ का वर्ष ३४ का लक्की राई घाइते भएका थिए । 

उनलाई पनि उपचारका लागि शिक्षण अस्पताल काठमाडौं पठाएइकोमा ४ः५० बजे उपचारको क्रममा मृत्यु भएको हो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro