site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको प्रथम अघिवेशनमा उनले सरकारको यो अवधिको सम्पूर्ण जिम्मेवारी कांग्रेस र नेकपा (एमाले)ले लिनुपर्नेमा जोड दिए ।

उनले यसअघिका संयुक्त सरकारले गरेका कामको जिम्मेवारी कसैले लिन नखोज्दा जनतामा अन्योल देखिएको बताए । सरकारमा रहँदा राम्रो भन्ने र बाहिर निस्किएपछि नराम्रो भन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।

महामन्त्री थापाले पटक–पटक गठबन्धनको सरकार बन्ने र त्यसले गरेका कामको जिम्मा नलिने प्रवृत्ति तोड्नुपर्ने बताए ।

अबका तीन वर्षमा देखिने गरी काम गर्ने र त्यसलाई लिएर ०८४ को निर्वाचनमा जनतामाझ जाने अवस्था सिर्जना गर्न सक्नुपर्ने उनले उल्लेख गरे ।

संघीयताका विषयमा गलत टिप्पणी गर्ने गरिएको उनले बताए । हाल समस्या प्रदेशमा नभई संघमा देखिएको उनले जिकिर गरे । तीनै तहका सरकारले एकार्काको अधिकार खोस्ने कार्य गर्न नहुने उनले बताए । हिमालयन टेली भ्वाइसबाट ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro