site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केजरीवालले चुनाव हारे, चार हजारभन्दा बढी मतान्तर

काठमाडौं । भारतको दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल दिल्ली विधानसभा निर्वाचनमा पराजित भएका छन् । नयाँ दिल्ली सिटबाट उनी चुनाव हारेका हुन् ।

उनी भारतीय जनता पार्टी (भाजपा)का उमेदवार प्रवेश वर्मासँग चार हजारभन्दा बढी मतान्तरले पराजित भए । भारतीय राष्ट्रिय कांग्रेसका उमेदवार सन्दीप दीक्षित तेस्रो स्थानमा रहे ।

सन् २०१३ र २०१५ मा नयाँ दिल्ली सिटबाट केजरीवालले तीनपटक मुख्यमन्त्री भइसकेकी शीला दीक्षितलाई हराएका थिए ।

उक्त सिटमा विजयी भएका प्रवेश साहिब सिंह वर्माले कुल ३० हजार ८८ मत गरे । केजरीवालले २५ हजार ९९९ मत पाए । यी दुईबीच जित–हारको अन्तर चार हजार ८९ मतको छ । तेस्रो स्थानमा रहेका कांग्रेसका दीक्षितले जम्मा चार हजार ५६८ मत प्राप्त गरे । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro