site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु
तस्बिर : एपी ।

सान फ्रान्सिस्को । अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी तटबाट हराइरहेको १० जना सवार वायुयानको विवरणसँग मिल्दोजुल्दो एउटा दुर्घटनाग्रस्त विमान फेला परेको जनाएको छ । उक्त दुर्घटनाग्रस्त विमान पश्चिमी अलास्काको नोम सहरबाट करिब ५४ किलोमिटर दक्षिणपूर्वमा फेला परेको हो ।

विमानमा रहेका सबै १० जनाको मृत्यु पुष्टि भएको अमेरिकी कोस्ट गार्डले जनाएको छ । प्रतिकूल मौसम र कम भिजिबिलिटीबीच एक घण्टा लामो खोज अभियानपछि भग्नावशेष फेला परेको थियो ।

अलास्काको सार्वजनिक सुरक्षा विभागका अनुसार, बेरिङ एयरद्वारा सञ्चालित टर्बोप्रप सेस्ना कारभान बिहीबार दिउँसो बेपत्ता भएको थियो ।

शुक्रबार स्थानीय समयानुसार बिहान ९ बजे नोम स्वयंसेवी फायर डिपार्टमेन्टले विमानमा रहेका सबैका परिवारलाई सूचित गरिएको जनाएको छ । रासस/सिन्ह्वा

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro