site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शान्तिकालमा लर्बरायौँ, अहिले गम्भीर आत्मसमीक्षा गरेका छौँ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको संकल्प गर्ने बेला आएको बताएका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजनामा धुलिखेलमा भएको राजनीतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

उनले अहिले देशभरि भइरहेका भेला र प्रशिक्षणहरूलाई समाजवादी क्रान्तिकै तयारीको रूपमा बुझ्न पनि कार्यकर्ताहरूलाई आग्रह गरे । "हामीले जनयुद्धको तयारी गर्दा पनि यसरी नै देशभरि भेला र प्रशिक्षण गरेका थियौँ," उनले भने, "अहिले हामी समाजवादी क्रान्तिको तयारीको चरणमा फेरि त्यस्तै कार्यक्रमहरू गरिरहेका छौँ, यो हामीले समाजवादी क्रान्तिको संकल्प गर्ने बेला हो ।"

Dabur Nepal

जनयुद्ध गर्नुअघि माओवादी शक्तिलाई विरोधीले नपत्याएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले स्पष्ट विचार, सिद्धान्त र कार्यक्रमका आधारमा जनयुद्ध अघि बढाएकाले देशकै प्रमुख शक्तिको रूपमा स्थापित हुन सफल भएको बताए । "पछिल्लो शान्तिकालमा हामी कतै लर्बरायौँ, अलिकति सुधारवाद र उदारवादमा हरायौँ, जसले गर्दा हाम्रो आफ्नै वर्गले पनि क्रान्तिका बाँकी सपना अधुरै रहन हुने कि भन्ने आशंका गर्न थाल्यो," उनले भने, "तर, अहिले हामीले गम्भीर आत्मसमीक्षा गरेका छौँ, भर्खरैको केन्द्रीय समिति बैठकपछि हामीले सुधारवाद र उदारवाद होइन, वामपन्थ र क्रान्तिकारी लाइन दह्रोसँग पकड्ने संकल्प गरेका छौँ, यही नै हाम्रो समाजवादी क्रान्तिप्रतिको संकल्प हो ।"

शान्ति सम्झौता गरेर पार्टी बहुदलीय प्रतिस्पर्धामा आएपछि दायाँ र बायाँ गर्दै अघि बढ्ने क्रममा माथिदेखि तलसम्म नेता कार्यकर्ताहरू बढी नै दायाँतिर ढल्कन थालेको यथार्थ बोध गरेर नै अब पार्टीलाई बायाँतिर अघि बढाउने नीति र कार्यक्रम अघि सारिएको उनले स्पष्ट गरे ।

जनयुद्धको उत्कर्ष चरणमा भएको चुनबाङ बैठकको निर्णय स्मरण गरे । "हामीले त्यतिबेला स्पष्ट भनेका थियौँ, अब गणतन्त्र आउँछ, यसका लागि बुर्जुवाहरूसँग सम्झौता गर्नुपर्ने पनि हुनसक्छ तर त्यो गणतन्त्रलाई बर्जुवाहरूले आफ्नो अनुकूलको गणतन्त्र बनाउने प्रयास गर्ने छन् र हामीले समाजवादी गणतन्त्र बनाउने प्रयास गर्ने छौँ । अहिले हामी यही संघर्षको विन्दुमा आइपुगेका छौँ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  २०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro